परिचय
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।२७ को निर्णय अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(२) (ज) मा उल्लेख भएको स्थानीय तहले गर्ने काम बाहेकका साबिक जिल्ला शिक्षा कार्यालयहरूले गरी आएका र नेपाल सरकारबाट स्वीकृत इकाइको कार्य विवरण बमोजिमका कार्य गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइको स्थापना भएको हो । मिति २०८३।०३।३२ को नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार शिक्षा विकास तथा समन्वय एकाइको रुपमा कार्यालयको नाम परिवर्तन भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयबाट सम्पादन गर्नुपर्ने जिम्मेवारी भित्र परेका शैक्षिक कार्यहरू सम्पादन गर्नका लागि साबिक जिल्ला शिक्षा कार्यालयको सट्टा शिक्षा विकास तथा समन्वय इकाइ गठन भएको हो । शिक्षा विकास तथा समन्वय एकाइको कार्यविवरण अन्तर्गत शिक्षा सम्बन्धी सङ्घीय कानून, नीति निर्देशन कार्यक्रमको कार्यान्वयन, अनुगमन, प्रतिवेदन, राष्ट्रिय पाठ्यक्रम प्रारुप र पाठ्यपुस्तकको प्रबोधीकरण, कार्यान्वयनको अनुगमन र प्रतिवेदन, माध्यमिक शिक्षा कक्षा १० र १२ को परीक्षासँग सम्बन्धित कार्यहरू, विद्यालय स्तरीय तथ्याङ्क संकलन विश्लेषण, अभिलेख व्यवस्थापन लगायत रहेका छन् । साथै विगतका जिल्ला शिक्षक छनोट समितिका निर्णय तथा बैठक पुस्तिकाहरू सुरक्षित राख्ने प्रतिलिपि प्रमाणित गरी दिने, स्थानीय तहहरूबाट माग भइ आएको अभिलेख लगायतका विवरण उपलब्ध गराउने विद्यालय सुधार योजना, गाउँ शिक्षा योजना, नगर शिक्षा योजना निर्माणका लागि सहजीकरण गर्ने आवश्यक समन्वय गर्ने, शिक्षक नियुक्ति, बढुवा, पदस्थापन लगायतका शिक्षक सेवा आयोगबाट तोकिएका कार्यहरू गर्ने, राष्ट्रिय परीक्षा बोर्डबाट तोकिए बमोजिमका निर्देशित वा प्रत्यायोजित कार्यहरू गर्ने जस्ता कार्यहरू यसको कार्य विवरणमा पर्दछन् ।